rarst.narc@gmail.com 977-25-476461 / 476462
प्रादेशिक कृषि प्राविधिक कार्यसमुह बैठक सम्पन्न
इटहरी । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको आयोजनामा प्रादेशिक कृषि प्राविधिक कार्यसमुह बैठक सम्पन्न भएको छ । कृषिमा प्राविधिक करण गर्दै बिभिन्न अनुसन्धान गर्दे आएका प्रदेश एकमा रहेका अनुसन्धान केन्द्रहरुको उपस्थितिमा बैठक सम्मपन्न भएको हो । आगामी बर्षको लागी योजना तर्जुमा गर्ने उद्धेश्यले प्रदेश एकमा रहेका बिभिन्न अनुसन्धान केन्द्रको प्रमुख, प्रतिनिधि लगायतको उपस्थितिमा बैठक गर्दै कृषी क्षेत्रमा रहेको समस्या, कृषकलाई नया प्रविधिको जानकारि, समस्याको समाधान लगायतको बिषयमा छलफल गरिएको हो ।
Read Moreप्रदेश १ पनि फौजी किराको चपेटामा
धरान – धरान–५, ठिंगाबारीका शुक्रबहादुर सम्बाहाम्फेले यसपालि पाँच कट्ठामा लगाएको धानको बाला झुलेको देख्दा कम्तीमा पनि ११ मुरी फल्ने आशा गरेका थिए। तर, अहिले उनी निराश छन्।
पाकेर धान काट्ने बेलामा फौजी किराको प्रकोपले बाला भुँइभरि भयो। उनले हत्तपत्त धान काटेर भित्र्याउन थाले। धान ५० पाथी मात्र भयो। ‘एक वर्षलाई खान पुग्ने धान फल्छ भन्ने आशा थियो, फलेको पनि राम्रो थियो,’ उनले भने, ‘तर किराले सखाप पा-यो। राज्यले किसानलाई हेरिदिनुपर्छ।’
धरान सहर भए पनि गाभिएका साबिक गाविस पाँचकन्या र विष्णुपादुका क्षेत्रको जमिन खेतीयोग्य छ। त्यसैले उपमहानगरपालिकाले धरानको वडा नं ४, ५, ६ र १७ लाई कृषि वडा घोषणा गरेको छ। यी ४ वडामध्ये वडा नं ५ र १७ का किसान अगुवा धानमा फौजी किराको प्रकोपले पीडित छन्।
Read More